‘सुदूरपश्चिम महोत्सव’मा आशिष महरको क्रेज
काठमाडाैं | मंसिर २७, २०७९
काठमाडौं: यस्तो लाग्छ, ‘भ्वाइस अफ नेपाल’को फिनाले नहुँदै आशिष महर ‘स्टार’ भइसके । धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को चौथो दिन महरले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई जुरुकजुरुक पारे ।
महोत्सवको भीडमा एक्ला आकर्षण बनेका महरलाई हेर्न र छुन भीड उर्लिएको थियो । उनका समर्थक आशिष महरलाई जिताऊँ लेखिएको ब्यानरसहित त्यहाँ उपस्थित थिए ।
सञ्चालिका मञ्जु पौडेलले महर आउन लागेको माइकबाट बताएपछि भीड उर्लिएको थियो । आशिषको पक्षमा फ्यानले हुटिङ समेत गरे । आशिषको भीडलाई थाम्न प्रहरीलाई हम्मे समेत पर्यो ।
महरले भ्वाइस अफ नेपालमा गाएका गीतसँगै देउडा गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । उनले आफूलाई भोट गरेर जिताउन समेत आग्रह गरे । ‘अझै पनि मलाई तपाईंको साथ र सहयोग चाहिन्छ,’ उनले भने ।
द भ्वाइस अफ नेपालको अन्तिम आठमा प्रवेश गरेका आशिष कोच प्रमोदको टिमबाट प्रतिस्पर्धा गरिरहेका छन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

